Logo

प्रिमियर लिगमा चेल्सी र वुल्भ्सको विजयी सुरुवात



Spread the love

एजेन्सी। इङ्लिस प्रिमियर लिगमा गएराती भएको खेलमा चेल्सी र वुल्भ्स विजयी सुरुवात गरेको छ।

चेल्सीले ब्राइटनलाई ३–१ अन्तरले पराजित गर्दै सहज जित निकालेको हो।

ब्राइटनको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले २३औं मिनेटमा पेनाल्टीमार्फत अग्रता बनायो। खेलको ५४औं मिनेटमा ब्राइटनका लियान्द्रो ट्रोसार्डले बराबरी गोल फर्काए। तर त्यसको २ मिनेटमा नै चेल्सीका रिस जेम्सले गोल गर्दै अग्रता बनायो। ६६औं मिनेटमा जोउमाले गोल गर्दै टोलीको जित पक्का गरे।

गएराति नै भएको अर्को खेलमा वुल्भ्सले सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको छ। सेल्फिडको घरेलु मैदानमा भएको खेलमा राउल जिमिनेज र रोमेन सइसले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्