Logo

क्रिकेटर भण्डारीको उपचारका लागि सहयोग गर्न सिप्यानको आग्रह



Spread the love

३० भदौ, काठमाडौं । आइतबार मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टोलिका फास्ट बलर ललित सिंह भण्डारीको उपचारको लागि नेपाल क्रिकेट खेलाडी संघ ( सिप्यान ) ले सहयोगका लागि आग्रह गरेको छ। क्रिकेट खेलाडी संघले मंगलबार प्रेस बिज्ञप्तिमार्फत खेलाडीहरुको हकहितको लागि आफ्नो संघ समर्पित भएको भन्दै सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेको छ।

ट्रकले ठक्कर दिएपछि घाइते भएका भण्डारीलाई उपचारको लागि सोमबार बेलुका कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्रान्डी अस्पतालमा ल्याइएको थियोे ।

प्रतिक्रिया दिनुहोस्