Logo

विश्वका सर्वाधिक कमाई गर्ने १० फुटबलरको वार्षिक आम्दानी कति छ ?



Spread the love

एजेन्सी। विश्वका सर्वाधिक कमाई गर्ने १० फुटबलरहरुको वार्षिक कमाई फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको छ।

फोर्ब्सका अनुसार स्पेनिस क्लब सन् २०२०मा बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबलरको पहिलो स्थानमा रहेका छन् । उनको वार्षिक आम्दानी १ सय २६ मिलियन अमेरिकी डलर रहेकोे छ। मेस्सीले गतवर्षको सर्वाधिक कमाई गर्ने पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पछाडी पारेका हुन् । दोस्रो स्थानमा रहेका रोनाल्डोको १ सय १७ मिलियन डलर छ।

तेस्रो स्थानमा रहेका ब्राजिलियन तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड नेयमारको कमाइ ९६ मिलियन अमेरिकी डलर छ। फ्रान्स तथा पीएसजीकै अर्का स्टार खेलाडी केलियन एमबाप्पे चौथो स्थानमा छन्। उनको कमाइ ४२ मिलियन अमेरिकी डलर छ।

पाँचौ स्थानमा लिभरपुल तथा इजिप्टका मोहमद सलाहको ३७ मिलियन अमेरिकी डलर छ। त्यस्तै, छैटौं स्थानमा ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा रहेका छन् ।

बार्सिलोनाका एन्टोइन ग्रिजम्यान ३३ मिलियन कमाई गर्दै सातौं र २९ मिलियनसहित रियल म्याड्रिड तथा वेल्सका ग्यारेथ बेल आठौं स्थानमा छन् ।

यस्तै, २८ मिलियनसहित नवौं स्थानमा बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र २७ मिलियनसहित म्यानचेस्टर युनाइटेडका डेभिड डे हेया दशौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्