Logo

आगामी नोभेम्बरसम्म चिनियाँ खोप सर्वसाधारणको लागि उपलब्ध होला ?



Spread the love

एजेन्सी । चीनले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन आगामी नोभेम्बर महिनामा सर्बसाधारणको लागि उपलब्ध हुने भएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सीडीसी’ले नोभेम्बरको सुरूमै आम मानिसको प्रयोगका लागि खोप उपलब्ध हुने बताएको हो ।

आगामी नोभेम्बर र डिसेम्बरसम्ममा चिनियाँ खोप आम मानिसको प्रयोगका लागि उपलब्ध हुनसक्ने सीडीसीका प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुले बताएका हुन् ।

चीनका चारवटा खोप हाल अन्तिम चरणको परीक्षणमा छन् ।

प्रतिक्रिया दिनुहोस्