Logo

करेन्ट लागेर एकै ठाउँमा तीन बालबालिकाको मृत्यु



Spread the love

३० भदाै, दाङ – करेन्ट लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार दाङमा करेन्ट लाग्दा तीन जना बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका- १० उत्तर अमराईका १० वर्षीया बालिका रेणुका चौधरी, ८ वर्षीय बालक प्रशान्त चौधरी र ३ वर्षीय बालक अमृत चौधरी रहेका छन् ।

उनीहरू तीनै जना कुलामा नुहाउँदै थिए । नुहाउँदै गर्दा कुलोबाट पानी तान्नलाई मोटर जोडेको अवस्थामा पानीमा करेन्ट प्रवाह हुँदा तीन बालिकाहरुको मृत्यु भएको बताइएको छ ।

घरधनी र मोटर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्