Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख बढी



Spread the love

३१ भदाै, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ११ सय ६३ जनाको मृत्यु भएको छ भने हिजो १५ तारिखमा ४ सय ४४ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ३५ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र २ लाख १ हजार ६३ जनाको मृत्यु भएको छ भने ६७ लाख ८७ हजार भन्दा बढी संक्रमित भएका छन् । ४० लाख ६१ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्