Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

३१ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो १ हजार ५४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १२ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९१ हजार १ सय २०  जना संक्रमित हुँदा १२ सय ८३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ५० लाख १८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ३० लाख ३९ हजार भन्दा बढी निको भइसकेका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्