Logo

स्ट्रबेरी किसानको छोरादेखि जापानको प्रधामन्त्रीसम्म



Spread the love

एजेन्सी । जापानी प्रधानमन्त्रीको रूपमा सबैभन्दा लामो लगभग ८ वर्षे कार्यकालबाट सिन्जो अबेले गत हप्ता राजिनामा दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि अबेले कार्यकालको केही समय बाँकी हुँदाहुदै पनि उनले राजिनामा दिएका हुन् ।

अबेको राजिनामापछि अब जापानी प्रधानमन्त्रीको रूपमा योशिहिदे सुगाले कार्यभार सम्हाल्नेछन् । अवेका सबैभन्दा विश्वासपात्र तथा उनका सबैभन्दा ठूलो सहयोगीको रूपमा मानिएका सुगाले पनि अबेकै कार्यशैलीलाई निरन्तरता दिने जापानी नागरिकहरूको विश्वास रहेको छ ।


स्ट्रबेरी किसानका रूपमा सुगाको जन्म भएको थियो । सन् १९४८ मा जन्मेका उनले केही समय स्कुलमा शिक्षकको रूपमा पनि काम गरेका थिए । शिक्षकको कामका साथै उनले परिवारको स्ट्रबेरी फर्ममा पनि उनले सहयोग गर्थे ।


२१ वर्षको हुँदा सन् १९६९ मा सुगाले होसेइ युनिभर्सिटीमा अध्ययन गर्न थाले । विद्यार्थी समयमा नै उनले जापान र अमेरिकाको युद्धको वेला सहभागिता जनाएका थिए । भियतनामसँगको युद्धमा पनि उनको सहभागिता रह्यो ।

सन् १९८७ मा योकोहामा शहरको निर्वाचनमा उनले सहभागिता जनाएका । त्यतिबेला उनले पाएको सफलताले उनलाई राष्ट्रिय राजनीतिमा इन्ट्री गरायो । सन् १९९६ बाट उनले राष्ट्रिय राजनीतिमा सहभागी भए ।

विभिन्न रिपोर्टका अनुसार सुगा २०१९ को अप्रिल सम्म लगभग अपरिचित नै थिए । २०१९ को मे १ देखि जापान नयाँ शासन युगमा प्रवेश गर्यो । जापानका पूर्व राजा अकिहितोले राजाको पद आफ्नो छोरा नरूहितोलाई सुम्पने निर्णय गरे । जापानी राजामध्ये आँफु जिवित हुँदाहुँदै राजाको पद अर्को पुस्तालाई हस्तान्तरण गर्ने राजा अकिहितोमात्रै हुन् । त्यो समयलाई जापानी राजनीतिमा नयाँ युगको रूपमा लिइन्छ ।

२०१९ पछि नै सुगा जापानी नागरिकहरूमाझ ’रेइवा अंकल’को रूपमा चिनिन थाले । पूर्व प्रधानमन्त्री अबेसँगको सहकार्य बढ्दै जाँदा उनी जापानमा अझ लोकप्रिय बन्दै गए ।
अबेसँग सहकार्य गरेका सुगा अब जापानको नयाँ प्रधानमन्त्री बन्नेछन् । यो दौडमा उनले पूर्व रक्षामन्त्री सिगेरू इसिबा तथा पूर्व परराष्ट्रमन्त्री फुमियो किशिदालाई पराजित गरेका छन् । सुगाप्रति जापानको ठूलो भरोसा रहेको प्रष्ट उनले पाएको भोटबाट नै हुन्छ ।

उनका दुई प्रतिस्पर्धी किशिदा र इसिबाले क्रमशः ८९ र ६८ मत पाउँदा सुगाको पक्षमा ३७७ भोट परेको थियो ।

जापानको प्रधानमन्त्री सुगाका सामू दुई ठूला चुनौती रहेका छन् । कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्नु एउटा हो भने अर्को कोरोना भाइरसले खुम्चिएको अर्थतन्त्रलाई पुरानै स्तरमा उकास्नु । सुरूवाती चरणमा दुई चुनौती पार गर्नु नै उनका लागि ठूला चुनौतीको सामना गर्नसक्ने क्षमताको मुल्यांकन हुनु हो ।

प्रधानमन्त्री बन्ने प्रक्रियामा नै सुगाले मन्त्रीमण्डलाई सुधार गर्ने बताउँदै उल्लेख गरेका छन् , ’म जनताहरूका लागि काम गर्ने मन्त्रीमण्डल निर्माण गर्नेछु ।’

सुगा पार्टीको निर्वाचन कमिटीको प्रमुखमा हाकुबुन शिमोमुरालाई नियुक्त गर्नेमा इच्छुक देखिएका छन् । त्यस्तै, पुर्व आन्तरिक मामिला तथा सञ्चारमन्त्री सुतोकु सातोलाई सामान्य परिषद् प्रमुखको जिम्मेवारी दिन उनी इच्छुक रहेको स्रोतहरूले उल्लेख गरेका छन् ।

तर, जापानको तल्लो सदनलाई उनी अहिले पुरानै अवस्थामा राख्ने मनसायमा रहेको बताएका छन् । उनले बताए अनुसार कोरोना भाइरस नियन्त्रणमा नआएसम्म तल्लो सदन यथावत् नै रहनेछ । सुगाले तल्लो सदनको निर्वाचन २०२१, अक्टोबर २१ भन्दा अगाडी नै सम्पन्न गरिसक्नुपर्नेछ ।

सुगाले आफ्नो मन्त्रमण्डल कसरी बिस्तार गर्छन् भन्ने अझै स्पष्ट भने भइसकेको छैन ।

२०१२ मा जापानी प्रधानमन्त्रीको पदमा निर्वाचित भएपछि अवेले जापानलाई राजनैतिक स्थिरता दिएका थिए । ३० वर्षमा १९ जना प्रधानमन्त्री फेरेको जापानले अबेलाई ८ वर्षसम्म प्रधानमन्त्रीमा स्वीकार्यो । अबेको यो कदमलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । अवेको राजिनामापछि जापान पुरानै शैलीमा फर्कन सक्ने भन्दै चिन्ता पनि प्रकट गरेका छन् ।

जापानको ९९ औँ प्रधानमन्त्री बनेका सुगाले आफुँलाई प्रमाणित गर्न धेरै गर्नुपर्ने जापानी राजनीतिज्ञहरूले उल्लेख गरेका छन् ।

सुगाका सामू चीन तथा अमेरिका लगायत देशसँगको सम्बन्ध सुमधुर राख्नुपर्ने चुनौती सबैभन्दा ठूलो र महत्वपूर्ण रहेको छ ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्