Logo

मैत्रीपूर्ण खेलमा इन्टर मिलानको फराकिलो जित



Spread the love

एजेन्सी । इटालियन सिरी ए क्लब इन्टर मिलानले मैत्रिपूर्ण खेलमा सानदार जित हात पारेको छ । गएराती भएको खेलमा मिलानले स्वीट्जरल्यान्ड क्लब लुगानोलाई ५–० गोलले हराएको हो।

चौथो मिनेटमा डाल्बर्ट हेन्रिक्युले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३६ औं मिनेटमा लुगानोका डिफेन्डर अकोस केक्सकेसले आत्मघाति गोल गरेपछि मिलानको अग्रता दोब्बर बन्यो । त्यसको एक मिनेट नबित्दै मार्टिनेजले गोल गर्दै मिलानलाई ३–० को अग्रता दिलाए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो हाफमा पहिलो मिनेटमा नै सान्चेजको स्थानमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले पेनाल्टीमा गोल गरेसंगै मिलानले लुगानोमाथि ५–० गोलको सानदार जित हात पार्यो ।

प्रतिक्रिया दिनुहोस्