Logo

हिमाल आरोहणका लागि नेपाल आइपुगे बहराइनका राजकुमार



Spread the love

३१ भदौ, काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १८ जनाको टोली नेपाल आएका छन् । बुधबार लोबुचे र मनास्लु हिमालको आरोहण गर्नका लागि विशेष विमानमार्फत सो टोली आएको हो ।

टोलीमा बहराइन रोयल गार्डमा कार्यरत १५ जना समेत रहेका छन् । यस्तै अन्य २ जना रहेका छन् ।

उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा गत भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्