Logo

मालिका गाउँपालिकामा नगर प्रहरी नियुक्त



Spread the love

३१ भदाै, गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाले छ जना नगर प्रहरी नियुक्त गरेको छ । गाउँपालिकाले एक जना हवल्दार सहित पाँच जवान नियुक्ती गरेको जनाएको छ ।

स्थानीय सरकार सञ्चालन एेन २०७४ को परिच्छेद दफा तीन को ११ (क) अन्तर्गत रहि आफ्नो अधिकार प्रयोग गर्दै गाउँपालिकाले नगर प्रहरी नियुक्त गरेको हो ।

स्थानीय तहमा सुरक्षा व्यवस्थापन, अपराध न्युनीकरण, राजश्व संकलन, विपद् व्यवस्थापनमा सहजीकरण , गाउँपालिकाका नीति तथा कार्यक्रमको कार्यन्वयन जस्ता कार्य गर्ने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिएका छन् ।

बुधवार एक कार्यक्रमकाबीच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले नगर प्रहरीलाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् । गाउँपालिका अध्यक्ष रित बहादुर थापा र इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पंकज चुदारीले दर्ज्यानी चिह्न प्रदान गरेको सुचना अधिकृत जगत पौडेलले जानकारी दिए ।

नगर प्रहरी नियुक्तिले नागरिकको जिउधनको रक्षामा टेवा पुग्ने गाउँपालिकाले थप अपेक्षा राखेको छ । गुल्मीमा नगर प्रहरी नियुक्ति गर्ने स्थानीय तहमा मालिका गाउँपालिका तेस्रो हो । यसअघि रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकाले नगर प्रहरी नियुक्त गरिसकेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्