Logo

महेश काफ्लेको नयाँ गीत १० दिनदेखि ट्रेन्डिङ १ मा



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाएका सफल युवा गायक महेश काफ्ले र नेपाल आइडल सिजन २ बाट चर्चा बटुलेकी गायिका अस्त्मिता अधिकारीको स्वरमा रहेको ‘लज्जावती झार’ अघिल्लो हप्ता ‘जी २१ डिजिटलमार्फत सार्वजानिक भएको थियो ।

सार्वजनिक भएको १० दिन भइसकेको छ भने अहिलेसम्म ट्रेन्डिङ १ मा जमाएर बसेको छ । उक्त गीतले अन्य म्यूजिक भिडियोहरुलाई झन् च्यालेन्ज गरेको छ । प्रयाए ट्रेन्डिङ १,२,३, सम्म हिन्दी चलचित्र ट्रेन्डिङमा परेको हुन्थो अहिले उक्त गीत युट्युबमा सार्वजनिक भएलगतै चलचित्रभन्दा पनि धेरै दर्शकले रुचाएका छन् भने यो गीतले चलचित्रलाई फलप नै गरेको भन्दा त्यति फरक पनि नपर्ला ।

युवा गायक महेश काफ्लेका यो भन्दा अगाडीका गीत ‘माया बिरानी’, ‘नाच फिरीरी’ लगायतका गीत सुपरहिट भइसकेका छन् । यो भन्दा अगाडिका गीतहारु भन्दा यो गीत राम्रो बनाउने प्रयास मात्र गरेको थिए तर दर्शक र सोसल मिडिया र टिक टकमा यतिसम्म हिट र सुपरहिट हुन्छ भने आश गरेको थिइन् तर दर्शकको साथ सपोट र मायाले उक्त गीत निकै चर्चा परिचर्चा आएको गायक काफ्लेले बताए ।

सार्वजनिक भएको २४ घण्टामा युट्युबको ट्रेन्डिङ ३ मा परेको छ उक्त भिडियो ७ मिनेट ३७ सकेन्ड रहेको छ । भिडियोमा चर्चित नायिका आँचल शर्मासंगै गायक महेश काफ्ले र असिम शाह फिचर्ड छन् ।

गीतमा गायक काफ्लेकै शब्द र संगीत दिएका छन् । रिकेश गुरुङले एरेन्ज गरेको गीतलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।

गीतलाई दर्शकले निकै नै रुचाएका छन् भने दर्शकबाट उक्त गीतले राम्रो प्रतिक्रिया पाएको छ । बिश्वाभर कोरोना महामारीको बेला सरकारले जारी गरेको लकडाउनका माझ पनि भौतिक दुरी कायम गरि दशर्कहरुलाई मनोरञ्जन दिनको लागि प्रयास गरेको गायक महेश काफ्लेले बताएका छन् ।

हरि हुमागाईंद्वारा छयांकन गरेको भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । भिडियोलाई असिम शाहले निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडियो:

https://youtu.be/Xyoq0q3mxXk

प्रतिक्रिया दिनुहोस्