Logo

घाइते क्रिकेटर भण्डारीको शल्यक्रिया सफल



Spread the love

१ असोज, काठमाडौं । दुर्घटनामा परी गम्भीर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टोलिका खेलाडी ललित सिंह भण्डारीको शल्यक्रिया सफल भएको छ ।

ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्र राज पाण्डेको टोलिले शल्यक्रिया गरेको नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले जनाएको हो ।

सिप्यानका अनुसार ललितको अवस्था स्थिर रहेको छ । ट्रकले ठक्कर दिएपछि घाइते भएका भण्डारीलाई उपचारको लागि सोमबार बेलुका कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्रान्डी अस्पतालमा ल्याइएको थियोे ।

प्रतिक्रिया दिनुहोस्