Logo

CIST कलेजले इतिहासमै पहिलो पटक ‘हल्ट प्राइज’को आयोजना गर्दै



Spread the love

सल्लेरि खबर समाचारदाता । विद्यार्थीहरुको नोबल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज पोखरा विश्वविद्यालय सम्बन्धन प्राप्त ‘सिस्ट कलेज'( Central Institute of Science and Technology) ले यस वर्ष पहिलोपटक अनक्यम्प्स प्रोगामको’ आयोजना गर्दै छ। विश्वभरिका १२२ ओटा देशका २००० भन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरुले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेशन, हल्ट ईन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजन गर्दछन ।

विद्यार्थीहरुलाई कुनै एउटा सामजिक समस्या सम्बन्धी शीर्षक दिई उक्त शीर्षकमा आधारित रहेर उत्कृष्ट सामाजिक बिजनेस विचार राख्ने र योजना बनाउने विद्यार्थीको समुहले १० लाख अमेरिकी डलर जित्न सक्नेछन् । खाद्य सुरक्षा, पानी, उर्जा र शिक्षा जस्ता विषयमा आधारित रहेर हरेक बर्ष अमेरिकि पूर्व राष्ट्रपती बिल क्लिन्टन्ले फरक-फरक शिर्षक छान्ने गर्दछन । पोखरा विश्वविद्यालय सम्बन्धन प्राप्त ‘सिस्ट कलेज’ मा प्रथम भएको विद्यार्थीको समुह रिजनल्स हुँदै फाइनल्स सम्म पुग्न सक्नेछ ।

सन् २००९ मा अहमद अस्कर’ हल्ट प्राइजको संस्थापक सि.इ.ओ को रुपमा कार्यरत छन्। “एक बालक एक ल्यापटप” को लेक्चरबाट ८०० ‘चार्ल्स केन’ ले सन् २००१ मा व्यापारिक प्रतिस्पर्धाको अवधारणा भित्र्याए जुन सामाजिक उधममशीलता को माध्यमबाट विश्व समस्या समाधान केन्द्र रहन्छ।

यसले दिने चुनौतीहरु ‘दिगो विकास’ लक्ष्यमा आधारित हुन्छन् र सो चुनौतीमा आधारित उत्कृष्ट परियोजनालाई फर्मर यु एस प्रेसिडेन्ट बिल किल्न्टनले १ मिलियन डलरले पुरस्कृत गर्दछन्।

सन् २०२०/२०२१ को वार्षिक चुनौती “Food for Good; Transforming food into a vehicle for change” रहेको छ।

क्याम्पस डाइरेक्टर अनुष्का के. सी सहायक क्याम्पस डायरेक्टर दीपा घिमिरे गरी २० जना व्यवस्थापन समिति र तीन जना सल्लाहकारको सक्रिय सहभागितामा ‘हल्ट प्राइज पोखरा युनिभर्सिटी एट सिस्ट कलेज अनक्याम्पस’ प्रोगामको तयारी द्रुत गतिमा भइरहेको छ।

CIST कलेज अध्ययनरत विद्यार्थीहरुका लागि यो अवसर सुनौलो बन्न सक्नेछ । विद्यार्थीहरुले ३ वा ४ जनाको एउटा समुह बनाई सहभागी हुन सक्नेछन । यसपटकको हल्ट प्राइज बिश्वब्यापी महामारी कोभिड १९ का कारणले भर्चुअल हुने सक्ने सम्भावना रहेको आयोजकको तर्फबाट डेपुटी क्याम्पस डिरेक्टर दिपा घिमिरेले सल्लेरी खबरलाई जानकारी दिइन् । साथै यो वर्षको डिसेम्बर १५ भित्र हल्ट प्राइज अन क्याम्पस सकिने पनि उनले बताइन् ।

‘हल्ट प्राइज पोखरा युनिभर्सिटी एट सिस्ट कलेज अनक्याम्पस’ प्रोगामको मिडिया पार्ट्नर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्