Logo

नेपाली भूमिमा प्रवेश गरेको नेपाली रेल(तस्बिरसहित)



Spread the love

२ असोज, जनकपुर। नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरेको छ । रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ।

शुक्रबार अपरान्ह जनकपुर आइपुग्ने नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको नेपाल रेलवे विभागले जनाएको छ।

यस्तो छ नेपाली भूमिमा प्रवेश गरेको नेपाल रेल:

तस्बिर : रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्