Logo

वामदेवको मनोनयन आम नागरिकको अपेक्षामाथि ठाडो उपहास हो- साझा पार्टी



Spread the love

२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरिएकोमा साझा पार्टीले बिरोध जनाएको छ ।

वामदेवलाई मनोनित गरेर राष्ट्रपतिले नै राष्ट्रिय सभाको गरिमा थप खस्काउन सहयोग गरेको साझाले उल्लेख गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले भनेको छ, ‘यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो। लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो।’

प्रतिक्रिया दिनुहोस्