Logo

अरू बेला मास्क लगाउँछन् की लगाउँदैनन् डाक्टर गाैतम ?



Spread the love

२ असोज, काठमाडाैँ – मन्त्रालयको नियमित प्रेस ब्रिफिङकाे समयमा मास्क नलगाएको भनी प्रतिक्रिया आएको भन्दै डा. गौतमले यसबारे प्रस्ट पारेका छन् ।

डाक्टर गाैतमले नियमित प्रेस ब्रिफिङ बाहेक अरू समयमा जतिबेला पनि मास्क लगाउने बताएका हुन् ।

उनले प्रेस ब्रिफिङका लागि भएको संरचना सुरक्षित रहेको बताउँदै अरू बेला मास्क लगाउने, दुरी कायम गर्ने र हात धुने लगायत सम्पूर्ण सुरक्षाको उपाय अबलम्बन गरेको पनि उल्लेख गरेका छन् ।

गाैतमले आफ्ना पेसा व्यवसाय सञ्चालन गर्दा दुरी कायम, मास्कको प्रयोग र बेलाबेलामा हात धुने गर्दा मात्रै पनि कोरोनाको सङ्क्रमणबाट जोगिन सकिने भएकोले स्वास्थ्यमा मापदण्ड अपनाउन समेत अनुरोध गरेका छन् ।

अहिलेको अवस्थामा कोरोना संक्रमणबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्