Logo

युट्युब ट्रेन्डिङमा मनिष श्रेष्ठको ‘चमत्कार’



Spread the love

२ असोज, काठमाडाैँ – मनिष श्रेष्ठको गीत ‘चमत्कार’ले युट्युब ट्रेन्डिङमा स्थान पाएको छ । गीत सार्वजनिक भएको २४ घण्टामा करीब ७७ हजार दर्शक पाउँदै चमत्कारले युट्युब ट्रेन्डिङमा ४६ औँ स्थान पाएको हो ।

मनिषको उक्त गीतको भिडियोमा १६ जना मोडललाई एकसाथ देखाएर नयाँ प्रयोग गरिएको छ ।

भााद्र २५ गते सार्वजनिक गर्ने तय भएको चमत्कार प्राविधिक कारणले गर्दा एक हप्ता ढीलो गरी असोज २ गते सार्वजनिक गरिएको हो । यस भन्दा अघि तीजमा सार्वजनिक भएको ‘घरको छतमा’ले पनि राम्रै चर्चा बटुलेको थियो ।

उक्त गीतको भिडियोमा विजय शाही लगायतका व्यक्तिहरूको अभिनय रहेको छ ।

गीतमा स्वर मनिष श्रेष्ठ तथा एन्जिला रेग्मीको रहेको छ भने शब्द योगेश रपालको रहेको छ । गीतमा संगीत मनिष श्रेष्ठले नै भरेका छन् ।

https://www.youtube.com/watch?v=1kpfBBVJvQA&feature=youtu.be&fbclid=IwAR0sEvr13imjlSiSEGEQcVNtTZ80d6ilF-RKqFyU4MtcXtdL-haRYuzwyPk

प्रतिक्रिया दिनुहोस्