Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

३ असोज, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ९ सय २० जनाको मृत्यु भएको छ भने हिजो १८ तारिखमा ८ सय ५६ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ४९ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र २ लाख ३ हजार १ सय ३३ जनाको मृत्यु भएको छ भने ६९ लाख २४ हजार भन्दा बढी संक्रमित भएका छन् । ४१ लाख ८७ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्