Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

३ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ११ सय ७४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १२ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९२ हजार ७ सय ८९  जना संक्रमित हुँदा १२ सय २१ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ५३ लाख ५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४२ लाख ५ हजार भन्दा बढी निको भइसकेका छन् भने ८५ हजार ६ सय २५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्