Logo

भारतीय रेलमन्त्री भन्छन्, ‘हामीले नेपाललाई रेल दिएका हाैँ’



Spread the love

३ असोज, काठमाडाैँ – भारतीय रेल मन्त्रीले आफूहरुले नेपाललाई २ वटा रेल दिएको बताएका छन् । मन्त्री पियुष गोयलले शुक्रबार नेपाल आइपुगेको रेल भारतीय सरकारले २ वटा रेल सेट दिएको उल्लेख गरेका छन् ।

उनले ट्वीट गर्दै नेपालको प्राचीन तथा साैहार्दपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै २ वटा रेल दिएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो नेपालसँग प्राचीन तथा साैहार्दपूर्ण सम्बन्ध छ । हामीले यही सम्बन्धलाई नयाँ आयाम दिँदै २ वटा रेल नेपाललाई दिएका हाैँ ।’

उनले शुक्रबार नै नेपाल आइपुगेको रेलको तस्वीर राख्दै यस्तो ट्विट गरेका छन् ।

नेपालले भारतसँग ८४ करोड रुपैयाँमा यी दुई रेल किनेको छ । नेपालमा रेल बन्द भएको ६ वर्षपछि नेपालमा रेल आएको हो ।

प्रतिक्रिया दिनुहोस्