Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२९,५९१
संक्रमित
४१,०४०,६१९
निको भएका
३०,६२५,८५९
नेपालमा कोरोना भाइरस
मृत्यु
७६५
संक्रमित
१३९,१२९
निको भएका
९६,६०९

दाउरा झिक्न गएका बाबुछोरी फर्किएनन्



३ असोज। नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनकी १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन्।

नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए।

बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्