Logo

राष्ट्रपतिद्वारा २८९ जना कैदीहरुलाई आममाफी



Spread the love

३ असोज, काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसकाे अवसरमा असोज ३ गतेदेखि लागू हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २८९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाह गरेकी छन् ।

साथै, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवाना समेत माफी दिइएको राष्टपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्