Logo

कुलमान घिसिङको आग्रह – महामारीको बेला सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिनुहोस्



Spread the love

३ असोज, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पुर्ब कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडकमा आन्दोलन नगर्न आग्रह गरेका छन् ।

आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको घिसिङले उल्लेख गरे।

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी आफूले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको पनि घिसिङले बताएका छन् ।

कोरोनाका कारण आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखेर महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरि नगर्न सबैलाई घिसिङले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्