Logo

चार महिने बालकसहित ५२ जनामा कोरोना संक्रमण



Spread the love

३ असोज, वीरगञ्ज । शनिबार प्रदेश २ का तिन जिल्लामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाले बताए ।

नारायणी अस्पतालको प्रयोगशालामा १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा बाराका ४५, पर्साका ६ र सर्लाहीका १ जनागरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुने मध्य चार महिने बालकसहित ६८ वर्षका वृद्ध रहेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाका ३ जना, बाल सुधार गृहका ३ जना, बाराको कलैया उप महानगरपालिकाका दुई, बारागढी गाउँपालिकाका विभिन्न स्थानका १५ जना देखिएको अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाले बताए ।

यस्तै अस्थायी प्रहरी चौकी बारागढीका एक, इलाका प्रहरी कार्यालय बारागढीका ८ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्