Logo

कोरोना रोकथाममा उत्साहपूर्ण काम भइरहेको प्रधानमन्त्री ओलीको दाबी



Spread the love

३ असोज, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको बताएका छन् । छैटौं संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा भएपनि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताए ।

कोरोनाका कारण अन्य मुलुकको आर्थिक अवस्था चौपट भए पनि नेपालमा त्यस्तो अवस्था नरहेको र असर पनि नपरेको प्रधानमन्त्री ओलीको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्