Logo

‘संघीयता महङ्गो भयो भन्नेले डोकोमा नुन बोकुन्, मोबाइल फालेर चिट्ठी पठाउन्’



Spread the love

३ असोज, गुल्मी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टिका नेता तथा प्रदेश पाँचका प्रदेश सांसद कमल राज श्रेष्ठले संघीयताको विरोध गर्ने तथा प्रतिपक्षप्रति तिखो व्यंग्य हानेका छन् ।

शनिबार गुल्मीको तम्घास स्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै संघीयता खर्चिलो भयो भन्नेहरुलाई डोकोमा नुन बोक्न तथा मोबाइल फालेर चिट्ठी पत्रको प्रयोग गर्न सुझाव दिएका छन् ।

संसद श्रेष्ठले भने, “संघीयताले खर्च मात्र बढाएको छ कि काम पनि गरेको छ । काम गर्दा स्वभावैले खर्च बढ्छ खर्च नगर्ने भए पुरानै जमानामा जाउँ ।” उनले थपे, “खर्च मात्र देख्ने काम नदेख्ने भए डोकोमा नुन बोकाैँ , खोलामा पुल निर्माण नगरौं खोला तरौ खर्च बचत हुन्छ ।”

प्रमुख अतिथी समेत रहेका संसद श्रेष्ठले केहि व्यक्ति विशेषका कारण संघीयतामा धब्बा लागेको भएता पनि समग्रमा संघीयताले देशको हित गरेको उल्लेख गरेका छन् । संघीयताको महत्त्व तथा अर्थ कोरोना भाइरसले प्रष्ट पारेको उनको बुझाई छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्