Logo

भारततिरै गए नेपाल आएका दुई वटा रेल



Spread the love

३ असोज, जनकपुर – नेपाल ल्याइएका दुई वटा रेल भारततिरै फर्किएका छन् । शुक्रबार नेपाल ल्याइएका दुई वटा रेल शनिबार भारततिरै फर्किएका हुन् ।

भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल भारत लिएर गएका हुन् । उनीहरूले नै रेल नेपाल ल्याएका थिए ।

रेलवे तथा मेट्रो विकास कार्यालयका जनकपुरका इन्जिनियर विनोद ओझाले बताए अनुसार उनीहरूले दिउँसो २ बजे रेल लिएर गएका हुन् । भारत लगिएका रेल जयनगर स्टेशनमा राखिने बताइएको छ ।

शुक्रबार कंकोणका अरू १६ जना कर्मचारी सहित आएर नेपाललाई रेल हस्तान्तरण गरेका थिए ।

नेपालमा रेल चलाउने कर्मचारी र कानुन नभएकाले उनीहरूले आज रेल भारततिरै लिएर गएका हुन्।

प्रतिक्रिया दिनुहोस्