Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

४ असोज, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ६ सय ५७ जनाको मृत्यु भएको छ भने हिजो १९ तारिखमा ९ सय २० जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ४२ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र २ लाख ३ हजार ८ सय २४ जनाको मृत्यु भएको छ भने ६९ लाख ६७ हजार भन्दा बढी संक्रमित भएका छन् । ४२ लाख १७ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्