४ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १२ सय २१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ११ सय ४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९२ हजार ७ सय ५५ जना संक्रमित हुँदा ११ सय ४९ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा ५३ लाख ९८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४२ लाख ९९ हजार भन्दा बढी निको भइसकेका छन् भने ८६ हजार ७ सय ७४ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्