Logo

हिजोभन्दा आज कोरोना संक्रमणबाट मर्नेको संख्या घट्यो



Spread the love

३ असोज, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले मेक्सिको पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत महिनासम्म सामान्य रहेको मेक्सिक अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

अहिले संसारमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरस १ नम्बरमा अमेरिका, २ भारत, ३ ब्राजिल र पछि रसिया रहेको छ भने अहिले मेक्सिको विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको ७ ओँ स्थानमा पर्न जान्छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।

मेक्सिकमा २४ घण्टा यता ४ सय ५५ जनाको संक्रमणबाट ज्यान गएको छ भने ५ हजार भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो को तुलनामा मुत्यु हुनेको संख्या २ सयले घटेको छ । मेक्सिकोमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

मेक्सिकोमा कोरोनाबाट हालसम्म ६ लाख ९४ हजार १ सय २१ जना संक्रमित भएका छन् भने ७३ हजार २ सय ३८ जनाको मृत्यु भएको छ । ४ लाख ९६ हजार २ सय २४ उपचारपछि निको भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्