Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१६६,०३९
संक्रमित
४३,८७३,४१२
निको भएका
३२,२३६,६५४
नेपालमा कोरोना भाइरस
मृत्यु
८७६
संक्रमित
१६०,४००
निको भएका
११८,८४३

अर्को हप्ताबाट फार्मेसीमा कोरोनाको औषधि पाइने



एजेन्सी – रसियाले कोरोना भाइरस विरूद्धका लागि भनेर विकास गरेको एन्टिभाइरल औषधि फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृत दिएको छ । रसियाले स्वीकृत दिएसँगै अर्को हप्ताबाट रसियाका सबै फार्मेसीमा पाइने बताइएको छ ।

कोरोना भाइरसको सबैभन्दा पहिलो खोप दर्ता गराएको रसियाले ‘कोरोनाभिर’ एन्टिभाइरल औषधि बनाएको बताएको छ । कोरोना संक्रमणबाट जटिल अवस्था भएकादेखि सामान्य अवस्थामा रहेकाहरूका लागि पनि यो औषधि प्रयोग गर्न पाइने बताइएको छ ।

आर–फर्माले कोरोनाभिर बनाएको हो । कोरोनाको औषधि पत्ता लगाउने दाैडमा रसिया सबैभन्दा अगाडी रहेको छ ।

कोरोनाको खोप रसियाबाट धेरै राष्ट्रहरूले किन्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्