Logo

गर्भमा छोरा छन् की छोरी भनेर हेर्न श्रीमतिको पेट हसियाले काटिदिए



Spread the love

एजेन्सी – गर्भमा छोरा छ की छोरी भनेर हेर्न एक जनाले आफ्नै श्रीमतिको पेट हसियाले काटेका छन् । भारतको उत्तरप्रदेशस्थित बदायूं जिल्लामा एक जनाले गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न त्यसो गरेका हुन् ।

सो घटनामा घाइते भएकी महिलाको अवस्था गम्भीर रहेको छ भने दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको बताइएको छ । सो घटनामा संलग्न श्रीमानलाई पक्राउ गरिएको छ ।

महिला घाइते भएपछि उनका भाइले प्रहरीमा उजुरी गरेका थिए । सोही आधारमा अभियुक्तलाई गिरफ्तार गरिएको प्रहरीले उल्लेख गरेको छ ।

श्रीमति अनिताको पेटमा हसिया प्रहार गरेको आरोप पन्नालालमाथि लागेको छ । उनका ५ जना छोरी भएको र छैठाैँ गर्भमा छोरा छन् की छोरी भनेर हेर्न त्यसो गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्