Logo

अब पूर्व जानकारी बिनै बत्ती गए सिधै ऊर्जा मन्त्रालयमा फोन गर्नुहोस् !



Spread the love

काठमाडौं। सडक विस्तारका क्रममा आइतबार बिहान ललितपुरको विभिन्न स्थानमा बिजुली काटिएको थियो। पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेपनि सर्वसाधारणले फेरि लोडसेडिङ शुरू भएको भन्दै सरकारको आलोचना गरेका थिए। तर, पूर्व जानकारी बिना बत्ति गए अब सिधै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयमा फोन गरी गुनासो राख्न सकिने भएको छ।

अब विद्युत काटिए मन्त्री पुनको सचिवालय या नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न सकिने मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्