Logo

गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

५ असोज, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँका सबै संक्रमित शुक्लागण्डकी नगरपालिकाका हुन् भने बागलुङका सबै संक्रमित ढोरपाटन नगरपालिका हुन् ।

कास्कीको रुपा गाउँपालिकामा ३, माछापुच्छ्रे गाउँपालिकामा १ जना, स्याङ्जाको पुतलीबजार नगरपालिका– १ मा २ जना र गोरखाको सिरानचोक गाउँपालिका– ६ मा एक जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्