Logo

आज ११ सय ५४ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

५ असोज, काठमाडौं । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा आइतबार थप ११ सय ५४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या २३४ ले घटेको छ ।

२४ घण्टा याता ११ सय ५४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ५३८, भक्तपुरका ७४, ललितपुरका ६२, मोरङका १०७ जना, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासीका २४, कास्की र रुपन्देहीका १८/१८ जना, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रे र बाँकेका १०/१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९/९ जना, सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७/७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५/५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४/४ जना, दोलखा, मकवानपुर र अछामका ३/३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २/२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ । ४७ अजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्