Logo

आजबाट खुल्यो ताजमहल, घुम्न जानेका लागि नयाँ नियम



Spread the love

१ असोज, एजेन्सी – भारतको उत्तर प्रदेशको आग्रास्थित ताजमह सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भारतमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएता पनि ताजमहल खुला गरिएको हो ।

ताजमहल भारतमा कोरोना संक्रमण रोकथामका लागि भन्दै गरिएको लकडाउनसँगै मार्चदेखि बन्द गरिएको थियो । कोरोना संक्रमणको जोखिम बढेसँगै ताजमहलमा ५ हजार पर्यटकलाई मात्रै प्रवेश गर्न अनुमति दिने बताइएको छ ।

ताजमहल भारतको पर्यटनका लागि सबैभन्दा आकर्षणको केन्द्र हो । कोरोना भाइरसको महामारी भन्दा पहिला ताजमहलमा ७० हजारभन्दा धेरै पर्यटकहरू जाने गर्दथे ।

अहिलेसम्म भारतमा ५४ लाख ८५ हजारभन्दा बढीका कोरोना संक्रमण हुँदा ८७ हजार ९ सय ९ जनाको मृत्यु भइसकेको छ ।

भारत कोरोना भाइरसको उच्च जोखिम रहेको सुचीको दोश्रो स्थानमा रहेको छ ।

  • दैनिक पाँच हजारमात्रै भ्रमण गर्न जान पाउने,
  • सामुहिको फोटो खिच्न नपाइने,
  • प्रवेश गर्नुअघि अनिवार्य तापक्रम जाँच गराउनुपर्ने,
  • भित्र प्रवेश गर्दा अनिवनर्य मास्क लगाउनुपर्ने

प्रतिक्रिया दिनुहोस्