Logo

गृहमन्त्रीलाई कांग्रेसको प्रश्न , ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा?’



Spread the love

५ असोज, काठमाडाैँ – नेपाली कांग्रेसले गुल्मीका कांग्रेसका कार्यकर्तामाथि दुर्व्यवहार भएको भन्दै अपत्ति जनाएको छ ।

जिल्ला सभापति भुवन श्रेष्ठ र प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायत कार्यकर्ताहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै अपत्ति जनाएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सो घटनाकारे स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् । ‘गृहमन्त्री जी के हुँदैछ गुल्मीमा ?’ कांग्रेसले निकालेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले घटनाबारे प्रधानमन्त्री केपी केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराएको छ

प्रतिक्रिया दिनुहोस्