Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी



Spread the love

६ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ११ सय ३५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७४ हजार ४ सय ९३  जना संक्रमित हुँदा १ हजार ५६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ५५ लाख ६० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४४ लाख ९४ हजार भन्दा बढी निको भइसकेका छन् भने ८८ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्