Logo

चीनमा फैलियो अर्को संक्रमण, हजाराैँ बिरामी, कस्ता हुन्छन् लक्षण ?



Spread the love

६ असोज, एजेन्सी – कोरोना भाइरस विरूद्धको लडाइमा सफलता पाएको चीनमा अर्को रोगको संक्रमण फैलिएको छ । चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू प्रान्तको लानजोउ शहरमा सयौं मानिसहरु एक नयाँ संक्रमणबाट पीडित भएका हुन् ।

यो रोगको संक्रमण ब्रूसेलोसिस ब्याक्टेरियाबाट फैलिरहेको बताइएको छ भने ठूलो संख्यामा मानिसहरू बिरामी परेका समेत छन् ।

चीनको गेन्यु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभाग अनुसार यो ब्याक्टेरियाका कारण करिब ३ हजार २ सय ४५ जना संक्रमित भएका छन् ।

सोमबारसम्ममा करिब २१ हजार व्यक्तिको परीक्षण गर्दा ४ हजार ६ सय ४६ व्यक्तिमा यो रोगको संक्रमणा पाइएको छ । तर, संक्रमितको संख्या बढ्दै जाने अधिकारीहरूले बताएका छन् ।

यो रोगले विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमित गराउँछ । तर, क्रमित जनावरको सम्पर्कमा गए मानिसहरू पनि संक्रमित हुने जोखिम रहन्छ ।

पशु उत्पादन खाँदा पनि यो रोग लाग्ने बताइएको छ ।

तर, मानिस मानिसबीच यो रोग सर्ने सम्भावना निकै कम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

ज्वरो आउनु, पसिना निस्कनु, थकाई लाग्नु, भोक नलाग्नु, टाउनको दुख्नु, तौल घट्नु र मांसपेशीमा दुखाई हुनु यो रोगको मुख्य लक्षण हो । यो रोगको लक्षण देखिन गको लक्षण देखिन एक हप्तादेखि २ महिना लाग्न सक्ने बताएका छन् ।

यो ब्याक्टेरिया गत वर्ष जुलाई–अगस्टमा एक फ्याक्ट्रिमा भएको चुहावट पछि फैलिएको थियो । त्यसपछि सो फ्याट्रिको उत्पादन रद्द गरिएको ताइएको छ ।

प्रतिक्रिया दिनुहोस्