Logo

गहना व्यापारीको परिवारका चार जना झुण्डिएको अवस्थामा फेला



Spread the love

६ असोज, एजेन्सी – सुन व्यापारीको परिवारका ४ जना झुण्डिएको अवस्थामा फेला परेका छन् । भारतको जयपुरस्थित एउटा घरमा २ जना छोरा तथा उनका बुवाआमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

सो अवस्थामा भेटिनेमा गहना व्यापारी ४५ वर्षीय यशवन्त, श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका अनुसार यशवन्तले व्यापारका लागि ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर प्रताडित गरेपछि उनीहरू आत्महत्या गर्न विवश भएको बताइएको छ ।

ढोकाभित्रबाट लगाइएको र परिवारलाई बाहिर नदेखेपछि नजिकै बस्ने गरेका आफन्त घरमा पुगेका थिए । त्यसपछि झ्यालबाट हेर्दा त्यो विभत्स दृश्य देखिएपछि प्रहरीलाई जानकारी गराएका थिए ।

न बाबुछोरा एउटै कोठामा झुन्डिएका थिए भने श्रीमती अर्कै कोठामा भुन्डिएको अवस्थामा भेटिएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले बताए अनुसार श्रीमतीको आँखामा पट्टी थियो भने दुबै छोराको खुट्टा बाँधिएको थियो ।

प्रहरीले सो स्थानबाट सुसाइड नोट पनि फेला पारेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्