Logo

हिजोको तुलनामा आज कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या बढ्यो



Spread the love

६ असोज, एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट ४ सय ५५ जनाको मृत्यु भएको छ भने हिजो आइतबार ३ सय ३० जनाको ज्यान गएको थियो । हिजोको तुलनामा २ गुणाले बढेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी तेस्रो नम्बरमा रहेको छ । जसमा २६ हजार नयाँ संक्रमित थपिएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोनाबाट भाइरसबाट ४५ लाख ५६ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ३७ हजार ३ सय ५० जनाको मृत्यु भएको छ । ३८ लाख ८७ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्