Logo

हैदराबादविरुद्ध कोहलीको रोयल च्यालेन्जर्स विजयी



Spread the love

एजेन्सी। रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार सुरुवात गरेको छ। सोमबार राति भएको खेलमा बैंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो।

१६४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदराबादले १९.४ ओभरमा सबै विकेटको नोक्सानीमा १५३ रन मात्रै बनाउन सक्यो। १८ रन हुँदा कप्तान डेविड वार्नर व्यक्तिगत ६ रनमा आउट भएको हैदराबादका लागि जोनी बैरस्टव र मनिष पाण्डेले ७१ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ लगेका थिए। अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न नसक्दा हार ब्यहोर्नु पर्यो।

बलिङतर्फ बैंग्लोरका युज्भेन्द्र चाहालले ३ विकेट लिए। त्यस्तै, सिवम दुब र नवदिप सैनीले समान २–२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्