Logo

वुल्भ्सलाई हराउँदै म्यान्चेस्टर सिटीको सुखद सुरुवात



Spread the love

एजेन्सी। म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । सिटीले वुल्भ्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

केभिन डि ब्रुयनाले खेलको २० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए । फिल फोडेनले ३२ औँ मिनेटमा अग्रता दोब्बर बनाए । गत सिजन २७ गोल गरेका राउल जिमिनेजले खेलको ७८ औँ मिनेटमा गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काउने प्रयास गरे । खेलको इन्जुरी समयमा ग्याब्रियल जिससले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे ।

लिगकै अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ । भिल्लाका लागि कोन्सा एनगाले ६३औं मिनेटमा निर्णायक गोल गरे । १२औं मिनेटमा जोन एगानले रो कार्ड पाएपछि शेफिल्ड १० खेलाडीमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्