Logo

पहिरोमा पुरिएर गुल्मीका एक जनाको ज्यान गयो, एक बेपत्ता



Spread the love
फाइल तस्बिर

६ असोज, गुल्मी। गुल्मीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर दुई रातचौरबाट आफ्नो घर स्याँलाखोला जादै गर्दा माथिबाट पहिरो खसेर बेपत्ता भएका थिए ।

सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।

बेपत्ता भएका प्रेम बहादुर कुमालको आज बिहान शब भेटिएको र अर्का एकजनाको खोजी कार्य भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्