Logo

नेकपाको सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दै



Spread the love

६ असोज, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पेरिस डाँडामा हिजो बस्ने भनिएको बैठक आज साँढे १२ बजे प्रधानमन्त्रीको निवास वालुवाटार सारिएको हो ।

आजको बैठकले मन्त्रीमण्डल पुनर्गठन सम्वन्धी मापदण्ड तय गर्ने बताइएको छ ।

प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने, सबैलाई राजीनामा गराउने अनि राम्रो काम गरेका केहीलाई पुनर्गठनमा दोहोर्‍याएर बाँकी नयाँ ल्याउने विकल्पमा नेकपाले छलफल गरिरहेको छ ।

यसैबीच नेकपाको सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बालुवटारमा अब केही बेरमा शुरु हुने स्रोतले बतायो । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्