Logo

सिरी ए – बोलोग्नामाथि मिलानको सहज जित



Spread the love

एजेन्सी। इटालियन सिरी ए मा एसी मिलानले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २-० ले हराएको हो ।

गएराती भएको खेलमा इब्राहिमोभिचले ३५औं मिनेटमा गोल गर्द मिलानलाई अग्रता दिलाए । ५०औं मिनेटमा प्राप्त पेनाल्टीमा इब्राहिमोभिचले नै गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।

८८औं मिनेटमा बोलोग्नाका मिचेल डिक्स रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलोग्नाले १० खेलाडीमा समेटियाे।

प्रतिक्रिया दिनुहोस्