Logo

चाडपर्व नजिकिएसँगै ह्वात्तै बढ्यो तरकारीको मूल्य



Spread the love

६ भदौ, काठमाडौँ । चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य ह्वात्तै बढेको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएको भोलिपल्ट नै प्याज आकाशिएसँगै सबै तरकारी महँगिएका छन् । यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।

प्रतिक्रिया दिनुहोस्