Logo

आइसेकद्वारा ट्राफिक प्रहरि सम्मान कार्यक्रम सम्पन्न



Spread the love

७ साउन, काठमाडौं – प्रदुषण, खराब मौसम र बिसम परिस्थितिका बावजुद पनि सर्व साधारण जनताको लागि जनदबाब, अनादार तथा नराम्रो व्यवहार को सामाना गर्दै ट्राफिक प्रहरिले सर्व साधारण जनताका लागि दिन रात, घाम, पानि नभनि कार्य गरिरहेका हुन्छन ।

सम्पूर्ण नेपाली जनताहरु कोभिड १९ को हालको बिसम परिस्थितिमा अत्यावश्यक काम बाहेक घरभित्रै रहेतापनि ट्राफिक प्रहरिहरु अहोरात्र सम्पूर्ण नेपाली जनताहरुकै लागि प्रत्येक दिन सेवामा खटिरहेका हुन्छन ।

आइसेकले असोज १ गते देखि ३ गते सम्मट्राफिक प्रहरिहरु सराहना कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रमको टाइटल प्रायोजक सेन्चुरी, सह-प्रायोजक सुखावती तथा सहयोगी पार्टनर मेराकी र पूर्णा भोजन पार्टनर भोजडिल्स मिडिया पार्टनर योहो HD TV प्रदर्शन पार्टनर फिनिक्स स्टुडियो तथा यात्रा पार्टनर शुभ लक्ष्मी हुनुहुन्थ्यो। यस कार्यक्रम को उद्देश्य पुरा गर्न १०४ लाई सम्मान गर्दै १० प्रहरी बिटमा फुलको गमला स्थापना गरिएको थियो।

यो कार्यक्रम मार्फत हालको कठिन अवस्थामा पनि सम्पूर्ण नेपाली जनताहरुको लागि राम्रो काम गर्ने व्यक्ति लाई प्रोत्साहन गर्दै हृदय देखिनै धन्यबाद दिनु नै युवाहरुको बास्तविकउद्देश्य थियोे ।

यो कार्यक्रम युवाहरुले अहोरात्र सर्व साधारणको सेवामा खटिई राम्रो काम गर्ने ट्राफिक प्रहरीहरुलाई अत्यावश्यक सामाग्रीहरु माक्स, टोकन अफ एप्रिसिएसन मार्फत सहयोग गर्दै हृदय देखिनै धन्यबाद दिएका थिए ।

आइसेक युवा व्यक्तिहरूको अन्वेषण गर्ने र उनीहरूको नेतृत्वको क्षमता विकास गर्ने  वैदेशिक प्लेटफर्म हो । AIESEC विश्वयुद्ध २ पछि, १९४८ मा स्थापना भएको विश्वको सबैभन्दा ठुलो युवा नेतृत्वको संस्था हो . आइसेक को लक्ष्य “Peace and Fullfillment of Humankind’s Potential” हो । आइसेक १२२ देश र क्षत्रमा सञ्चालन हुँदै आएको छ। आइसेक नेपालमा २०१३ मा स्थापना भएर त्यही उद्देश्य लिएर काम गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस्