Logo

जान्नुहोस् गुणकारी स्कुस खानुका फाइदैफाइदा !



Spread the love

स्कुस निकै गुणी तरकारी हो । मानव स्वास्थ्यको लागि स्कुस एउटा बहुउपयोगी खानेकुरा हो ।
एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्वहरूसहितको यो तरकारी स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्दछ। जान्नुहोस् बहुउपयोगी स्कुस खानुको फाइदैफाइदा !
मिर्गाैलाको कामलाई सहज बनाउन
नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ ।
स्वस्थ रूपमा वजन बढाउन
विभिन्न अध्ययनहरूले स्कुस नियमित सेवन गर्नेमा तौल बढ्ने तर यसले मोटोपनाको कुनै समस्या ननिम्त्याउने समेत देखाएको छ ।
तपाईंको पाचन प्रणालीमा आवश्यक पर्ने विभिन्न कार्यमा सहयोग गर्नको लागि स्कुस आफैँमा सहायक सिद्ध खानेकुरा हो ।
पोषक तत्वको धनी
स्कुसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । शरीरलाई स्वस्थ बनाउनको लागि यो सहायक सिद्ध हुन्छ । स्कुस भिटामिन सीको एउटा उत्कृष्ट स्रोत हो, जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।
मुटुको स्वास्थ्यका लागि
स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ ।
स्वस्थ गर्भावस्थालाई सहयोग गर्ने
स्कुसको नियमित सेवनले स्वस्थ गर्भावस्थालाई सहयोग गर्न मद्धत गर्छ । फोलेट वा भिटामिन बी सबै व्यक्तिको लागि आवश्यक छ । तर गर्भवती वा गर्भाधान संस्कारको तयारीमा रहेकाहरूको लागि यो झनै महत्वपूर्ण छ ।
क्यान्सर कम गर्न सहयोग
उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।
बुढेसकालमा हुने दृष्टिदोष कम गर्न
भिटामिन सी पर्याप्त पाइने यो तरकारीको नियमित सेवनले बुढेसकालको दृश्य कम गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्